Logo

पहिरोमा परी ३७ को मृत्यु



केन्या ८ मङ्सिर । केन्या आएको पहिरोमा परी मृत्यु हुनेको संख्या आइतबार बिहानसम्ममा ३७ पुगेको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार रातीको पहिरोमा परी मृत्यु हुनेको संख्या बढेर अहिलेसम्म ३७ पुगेको पुष्टि गरेका हुन् ।
देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने वेस्ट पोकोटमा घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । केन्याका राष्ट्रपति उहुरु केन्याटाले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन ।

उनले प्रकाशित गरेको शोक वक्तव्यमा पहिरोका कारण बेपत्ता भएकाहरुको खोजी कार्य जारी राख्न र बेपत्ता तथा मृतकका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता गरिएको छ ।त्यसैगरी आगामी दिनमा यसैगरी ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने तर्फ अहिलेदेखि नै सतर्कता अपनाउन पनि राष्ट्रपति केन्याटाले आह्वान गरेका छन ।

केन्याका गृहमन्त्री फ्रेड मातीअङले पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामहरु भइरहेको जानकारी दिए ।
पहिरो प्रभावितहरुलाई अत्यावश्यक सेवा सुविधाहरुको अभाव रहेको बताइएको छ । केन्याको यो घटनास्थल छिमेकी मुलुकहरु युगान्डा र दक्षिणी सुडानबाट पनि नजिक पर्दछ ।प्राकृतिक श्रोत साधन र भाैितक संरचनाहरुको जथाभावी प्रयोग तथा दोहन, अत्यधिक धेरै बाटो र पुलहरुको निर्माणलगायतका कारणले पहिरो गएको बताइएको छ ।(रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्