Logo

‘गुड नाइट’ भनी यसरी सुतेकी कोरियन पप स्टार हारा मृत भेटिइन्



कोरियाकी पप स्टार गो हाराले शनिबार इन्स्टाग्राममा गुड नाइट भन्दै बिछ्यौनामा पल्टेको तस्बिर राखेकी थिइन् । तस्बिरमा उनी निकै भावुक थिइन् । गुड नाइट भनेर पल्टेकी हारा आइतबार मृत भेटिइन् । उनी सदाका लागि बिदा भइन् ।

२८ वर्षीया गायिका आइतबार सिओलस्थित घरमै मृत भेटिएकी हुन् । उनको निधनको कारण खुलेको छैन । तर प्रहरीले आत्महत्याको आशंका गरेको छ । हाराले विगतमा पनि आत्महत्याको प्रयास गरेकी थिइन् ।

कोरियाली पप ग्रुप काराकी पूर्व सदस्य हाराले गु यो वर्ष निकै तनावमा थिइन् । उनको पूर्व प्रेमीले अश्लील भिडियो बाहिर ल्याएर करिअर ध्वस्त पारिदिने चेतावनी दिए । धम्की दिने पूर्व प्रेमी जेलपरिसकेका छन् । ती व्यक्तिमाथि ब्ल्याकमेल गरेको अभियोग छ ।

हारा आफ्नी निकट साथी सुलीको आत्महत्यापछि निकै तनावमा थिइन् । दुवैजना मिल्ने साथी थिए । हाराले सुली र आफू दिदीबहिनी जस्तै भएको लेखेकी थिइन् ।
-एजेन्सी Photo Source: Instagram of goo Hara



प्रतिक्रिया दिनुहोस्