Logo

घुस दिएर ट्रायल पास गराउनेविरुद्ध मुद्धा



काठमाडौं, ९ मंसिर । सवारी चालक अनुमतिपत्रको ट्रायलमा फेल भएकालाई पास गराएको आरोपमा उपसचिव सहित ३८ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र प्रदेश नम्बर ३ एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेलसहित ३८ जना कर्मचारीविरुद्ध अख्‍तियारले मुद्दा दायर गरेको हो।

२०६९ वैशाख, जेष्ठ र आषाढ महिनामा भएका प्रयोगात्मक परीक्षामा फेल भएका १२८४ जनालाई मिलेमतोमा पास गराइएको उनीहरुलाई आरोप छ। उनीहरुले परीक्षाको परिणाम फेरबदल गरी सवारी चालक अनुमतिपत्र जारी गरेको र उक्त जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपत्रको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको अख्तियारले बताएको छ। जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजश्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको आरोपपत्रमा उल्लेख छ।

उपसचिव पोखरेल सहित इन्जिनियर बासुदेव पोखरेल हाल अवकास प्राप्त, प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक हाल प्रहरी नायब उपरीक्षक नवराज थापा, शाखा अधिकृत ९हाल अवकास० राममणी पोखरेल, शाखा अधिकृत ९हाल निलम्बन० ईश्वरराज रेग्मी, शाखा अधिकृत शम्भुप्रसाद थपलिया, तत्कालिन शाखा अधिकृत हाल उपसचिव धर्मराज ढुंगाना, तत्कालीन शाखा अधिकृत ९हाल उपसचिव० बाबुलाल रेग्मी लगायत छन्।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्