Logo

कुहिएको चामल प्रशोधित गरेर बिक्री गर्ने तयारी



काठमाडौं, मंसिर ९। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको बासमती चामललाई पुनः प्रशोधन गरेर बिक्री गर्ने तयारी गरेको खुलासा भएको छ । सरकारी कम्पनीले नै उपभोक्तामाथि खेलबाड गर्न थाल्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

खाद्य कम्पनीको गोदाममा कुहिएको चामलको तस्बिरसहितको समाचार राजधानीमा आउँदा समेत कम्पनी भने ढाकछोपमै लागेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय थापाथलीका कर्मचारीको लापरबाहीका कारण गोदाममा रहेको लाखौं मूल्यका चालम कुहिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गोदाममा रहेको ४ सय ८७ क्विन्टल २२ केजी चामल अयोग्य ठहर गरेको छ । तर, खाद्य कम्पनीले भने विभागको निर्देशनलाई समेत अटेर गरी पुनः प्रशोधन गरी बिक्री गर्ने तयारी गरेको हो ।

थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी, अञ्चल कार्यालयका प्रबन्धक रणबहादुर बुढाथोकीले घुमाउरो पाराले चामल अखाद्य रहेको स्वीकार गरेका छन् ।आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्