Logo

काठमाडौं–तराई द्रुतमार्गः विशेष पुल विदेशीले बनाउने



काठमाडौं, मंसिर ९ । तराई–मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन डीपीआर स्वीकृत भएको ३ महिनापछि नेपाली सेनाले सो द्रुतमार्गमा पर्ने ७१ पुल निर्माणका लागि टेन्डर आह्वान गर्दै छ ।

आगामी फागुनदेखि उक्त दु्रतमार्गमा ७१ वटा पुल निर्माणको काम शुरु गर्न सेनाले मंसिर १५ सम्ममा टेन्डर आह्वान गर्ने तयारी गरेको हो ।

कुल ७२ दशमलव ५ किलोमिटर किमीको दु्रतमार्गमा बन्ने ८७ पुलमध्ये १६  विशेष पुल भने अन्तर्रा्ष्ट्रिय निर्माण कम्पनीले बनाउँनेछन्।

ती पुल निर्माणको काम भने आगामी चैतदेखि शुरु हुने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्