Logo

‘चन्द समूहमाथि कारबाही रोकिन्न’



काठमाडौँ, ९ मंसिर । सरकारले नेत्रविक्रम चन्द नेतृत्व समूहमाथिको कारबाही नरोकिने बताएको छ । आठ महिनाअघि लगाइएको प्रतिबन्धपछि समूह कमजोर बन्दै गएको निष्कर्ष पनि सरकारको छ ।

‘सशस्त्र र गैरकानुनी क्रियाकलापमा संलग्न भएपछि चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘नसच्चिएसम्म प्रतिबन्धमाथि पुनर्विचार हुन्न ।’ राजनीतिक दलका शान्तिपूर्ण गतिविधिमा रोक लगाउने, सुरक्षा निकायलाई धम्की दिने, तोडफोड र आगजनी गर्ने चन्द समूह मात्रै नभई जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइछाड्ने उनले प्रस्ट्याए । गत कात्तिक २९ मा समूहका महासचिव चन्दले आफूहरूमाथि दमन नगर्न प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ० लाई चेतावनी दिएका थिए ।

‘चन्द समूहका गतिविधि नियन्त्रण एवं निस्तेज पार्न सरकारले सुरक्षा निकायहरूलाई स्पष्ट आदेश दिएको छ,’ उनले भने, ‘कानुनविरुद्ध जाने कारबाहीको भागीदार हुनुपर्छ ।’ दण्डहीनता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्