Logo

डाक्टर जोशीलाई ठक्कर दिने सवारीको पहिचान खुल्न सकेन



काठमाडौं मंसिर ९ । मर्निङ वाकमा निस्किएका चिकित्सकको दुर्घटनामा परी मृत्यु भएको २४ घण्टा भईसक्दापनि दुर्घटना गराउने गाडीको पहिचान हुन सकेको छैन ।

आईतबार विहान नयाँबानेश्वरस्थित आफ्नै घर अगाडि सवारीले ठक्कर दिँदा मृत्यु भएका एनेस्थेसियाका वरिष्ठ डाक्टर प्रभु जोशीलाई ठक्कर दिने गाडीको पहिचान गर्न प्रहरीले नसकेपछि अपराधी उम्कन सक्ने शंका बढेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा उनको टाउको क्षतविक्षत भएको र घटनास्थलमै मृत्यु भएको थियो । तर कस्तो र कुन सावरी साधनले ठक्कर दिएको हो भन्ने प्रहरीले अझै यकिन गर्न सकेको छैन ।

प्रहरीले सीसीटीभी फुटेज हेरेर घटनाको विषयमा थप अनुसन्धान गरीरहेको जनाएको छ । उनी इशान बाल तथा महिला अस्पतालमा कार्यरत थिए । उक्त अस्पतालका उनी शेयर होल्डर समेत थिए ।

डा जोशीकी पत्नी ललिता जोशी समेत चिकित्सक हुन् । उनी स्त्रीरोग विशेषज्ञ हुन् । ठक्कर दिने गाडीको पहिचान हुन नसक्दा परिवारले शिक्षण अस्पताल महाराजगञ्जमा रहेको शवको पोष्टमार्टम गर्न मानेको छैन ।



प्रतिक्रिया दिनुहोस्