Logo

अनमोललाई लोकप्रीयताको अवार्ड



काठमाडौं, ९ मंसिर । नायक अनमोल केसीले जापान पुगेर सर्वाधिक लोकप्रीय कलाकारको अवार्ड थापेका छन् । उनले अवार्ड लिएर खुशी समत व्यक्त गरे ।

जापानको टोकियोमा आइतबार भएको दोस्रो सूर्य इन्टरनेशनल अवार्डमा अनमोललाई उक्त उपाधि दिइएको हो । नयाँ पीढीमाझ अनमोल निकै लोकप्रीय छन् ।

जापान पुगेका अनमोल रातो कोटमा अवार्ड थाम्न पुगेका थिए । उनी सेतो कार चढेर शासनका साथ टोकियोको अवार्डस्थल पुग्दा धेरैको चासो बढेको थियो ।
भेट्रान नायक भुवन केसीका छोरा अनमोल नेपालको सर्वाधिक महङ्गा नायक हुन् । उनलाई ह्याडसम नायकको रुपमा पनि चिनिन्छ ।


Photo Source: Anmol KC Facebook



प्रतिक्रिया दिनुहोस्