Logo

रामचन्द्र पौडेलको आरोप : कम्युनिष्ट सरकार नयाँ राणा शासनको संस्करण



शरद रेग्मी, मसिंर ९ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मुल्य मान्यतालाई उल्ट्यादै गएको आरोप लगाएका छन् । रिपोर्टस क्लब दाङले सोमवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता पौडेलले अहिलेको सरकार सामन्ति राणा सासनका नयाँ संस्करण भएको आरोप लगाए । उनले भने ,–‘राणाको पथमा हिडेर यिनीहरुले देशलाई त्यस्तै सामन्ति बाटोमा लान खोजिरहेका छन, एक पछि अर्को गर्दे लोकतन्त्रको मुल्य मान्यतालाई उल्ट्याउदै गएका छन ।’

द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्दै ठूलो लडाई लडेर नेपाली काँग्रेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै नेता पौडेलले तर अहिलेको सरकारले त्यसलाई उल्टो बाटो सामन्तबादतर्फ लैजान खोजेको दोषारोपन गरे । ‘यो सरकार वंश परम्परा र नातावादको स्थापनालाई महत्व दिएर अहिलेको चुनावमा जुटेको छ,’ बरिष्ठ नेता पौडेलले भने ‘यो सरकारको कुनै विचार,सिद्धान्त,निष्ठा आधार छैन ।’

उनले पतिको मृत्यु पछि पत्निलाई उम्मेदवार बनाउनु त्यसैको सूचक भएको बताए । उनले भने –‘ अहिलेको सरकार
कुनैपनि र केहीपनि आर्दश नभएको जमात मात्रै हो।’ त्यही भएर कम्युनिष्ट सरकारको ज्यादतीको विरुद्धमा नेपाली कांग्रेस
देशभरी चुनावी अभियानमा जुटेको बताए ।

जनतालाई असंभव खालका सपना देखाएर अघि बढेको कम्युनिष्टको सरकार अहिले झुटो सावित भएको उनको टिप्पणी थियो । ‘यो सरकारले कुनैपनि राम्रो काम गर्न सकेन,’ नेता पौडेलले भने ‘तरपनि नेपाली कांग्रेसले सुरु गरेका विकास निमार्णका कामलाई उद्घाटन गर्दै त्यही मञ्चबाट हामीलाई गाली गर्ने काम मात्रै गरिरहेको छ।’

बरिष्ठ नेता पौडेलले कम्युनिष्ट सरकारले देशमा शान्ति सुरक्षा दिन नसकेको दाबी पनि गरे । त्यस्तै नेता पौडेलले सरकारले भारतले निकालेको नयाँ नक्सा सच्याउनप्रति कुटनीतिक पहल थाल्न नसकेको तर बाहिर बाहिरी मात्रै बोलिरहेको भन्दै आलोचना गरे ।

कार्यक्रममा काँग्रेस केद्रीय सदस्य तथा पुर्व मन्त्री दीपक गिरीले उपनिर्वाचन पछि अहिलेको सरकारले गरेको ज्याजतीको पर्दाफास हुने तर्क गरे। उनले भने,–‘दुई तिहाईको सरकारले गरेको ज्याजती,भ्रष्टचारको उपनिर्वाचन पछि पर्दाफास हुने छ । यो सरकारले लोकतन्त्रको मिडियालाई समेत औला ठड्याएर आफ्नो चरित्र उदांगो पारेको छ ।’

झुक्काएर अघिल्लो निर्वाचन कम्युनिष्टले जितेको भएपनि अब दाङमा निर्वाचन जितेर फेरि देशव्यापी सन्देश प्रवाह गर्न चाहेको उनले तर्क गरे । ‘यो निर्वाचन लोकतन्त्र रोज्ने कि सामन्तवाद रोज्ने भन्ने एउटा दृष्टान्त हो,’ नेता गिरीले भने ‘ अधिनायकवादी सैलीमा अगाडि बढी रहेको सरकारलाई सच्याउन नेपाली काँग्रेसले जित्न आवश्यक छ।’ कार्यक्रम रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो भने सहजीकरण क्लव महासचिव बिमल गौतले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्