Logo

ओली-प्रचण्डबाहेक अरुले मलाई हटाउन सक्दैनन् : मुख्यमन्त्री शाही (भिडियोसहित)



काठमाडौं, ९ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफूलाई नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबाहेक अरुले हटाउन नसक्ने ठोकुवा गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरन्द्रनगरमा रहेको मुख्यमन्त्रीको कार्यालयमा पत्रकार ऋषि धमलाले लिएको अन्तर्वार्तामा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले विकास र समृद्धिको अभियानमा कर्णाली सरकार अघि बढिरहेको बताए । तर, जनताका असिम चाहना र आवश्यकत्ताहरु भएकोले अहिले ती सबै चाहना पूरा गर्न नसकिएको उनको भनाई छ ।

उनले आफू भ्रष्टाचारविरोधी भएकोले कर्णाली प्रदेशमा भ्रष्टाचार र अनियमितता गर्ने जो कोहीलाई पनि कानूनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिए । उनले भने,‘म भ्रष्टाचारीहरुलाई पाता कस्छु । कसैलाई पनि उम्किन दिँदिन् ।’



प्रतिक्रिया दिनुहोस्