Logo

नेपालगञ्ज एयरपोर्टमा यात्रु आक्रोषित, विमानस्थलमै झगडा (भिडियोसहित)



काठमाडौं, ९ मंसिर । समयमै जहाज नउड्नु त नेपालमा रोगजस्तै भैसक्यो । त्यसमा पनि बेला बेलामा आन्तरिक उडानतर्फ समयमै जहाज नउड्दा यात्रीले ठूलो सास्ती खेप्नुपरेको छ । हालै प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरको विमानस्थलमा सांसदले जहाजको ढिलासुस्तीलाई लिएर बुद्ध एयरको काउन्टरमा तोडफोड नै गरेका थिए ।

कतिपयले उनको उक्त कदमको प्रशंसा गरेका थिए भने कतिपयले उनले विमानस्थलजस्तो संवेदनशील ठाउँमा गलत हर्कत देखाएको आरोप लगाएका थिए । हिजो बाँकेको नेपालगञ्ज विमानस्थलमा घण्टौंसम्म यात्रुहरु जहाजको पर्खाईमा कुरेर बसेका थिए । तर, २ बजे उड्नुपर्ने जहाज साँझ ७ बजेसम्मपनि नउडेपछि यात्रुहरु आक्रोशित बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्