Logo

खेल नजिकिंदा पेस्तोल छैन



काठमाडौं, ९ मंसिर । साग खेल आउन अब छ दिन मात्र बाँकी छ । सुटिङ खेल १७ मंसिरबाट शुरु हुँदैछ । तर, खेलाडीले पेस्तोल पाएका छैनन् ।

सुटिङका पोशाकहरु अझै आइपुगेको छैन । आजै आउने भनिएको छ । हतियार ल्याउन निकै झन्झट छ । आयात निर्यातमा नेपाल र भारतबीच सहमति गर्नुपर्छ । यो प्रक्रिया बेलैमा नगर्दा खेलाडीहरु पुरानै सामाग्रीबाट चलाउनुपर्ने अवस्थामा पुगेका छन् । यो समाचार आजको साँघु साप्ताहिकले छापेको छ ।

खेल पदाधिकारीहरु यति पदक जित्छौं र उति जित्छौं भन्दैछन् । तर, खेलाडीले खेल सामाग्री पाएका छैनन् । Photo Source: youtube



प्रतिक्रिया दिनुहोस्