Logo

कंगना रनौतले ‘अयोध्या मामला’ मा फिल्म बनाउने



बलिउड नायिका कंगना रनौतले सोमबार आफ्नो पहिलो फिल्म निर्माण गर्ने घोषणा गरेकी छिन् । मनिकर्णीका फिल्म आफैले निर्देशन गरेर चर्चामा आएकी उनले पहिलो पटक अयोध्यामामलामा फिल्म निर्माण गर्ने सार्वजनिक घोषणा गरेकी छिन् । फिल्मको नाम अपराजीता अयोध्या राख्ने निर्णय गरेकी छिन् । अयोध्या मामला भारतमा चार सय वर्ष दखि विवादको विषय थियो ।

उनले आफू बाल्यकालदेखि अयोध्या विवादको बारेमा सुन्दै आएको र अन्ततः राम मन्दिर निर्माणको पक्षमा फैसला आएपछि खुसि व्यक्त गरेकी छिन् । यसले भारतको राजनीतिक स्तर नै बद्लेको समेत जनाइन् । अयोध्या विवाद आफ्नो व्यक्तिगत जीवनसँग जोडिएको हुनाले अयोध्या विवादको विषय आफ्नो पहिलो निर्माणमा उपयुक्त विषय हुने भएकाले सो निर्णय गरेकी जनाएकी छिन् ।

अपराजीता अयोध्याले अगामी वर्ष हंगामा मच्चाउने उनको दाबी छ । फिल्मको चर्चीत लेखक भि के भिजेन्द्र प्रसाद हुन् । प्रसादले बाहुबली, बजरंगी भाइजान, मगधिरा जस्ता हिट फिल्मका लेखक हुन् । कंगना रनौत चलचित्रमा अभिनेत्री र राजनितिज्ञ जय ललिताको भुमिकामा छिन् । फिल्मको नाम थलैभि रहेको छ । फिल्मले आफ्नो पहिलो तस्बिर सार्वजनिक गरिसकेको छ । फिल्म २६ जुन २०२० मा रिलिज हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot