Logo

तीस सेकेण्डमा सय पटक डोरी खेलेर नयाँ किर्तीमान



चिनियाँ युवकले तीस सेकेन्डमा सय पटक डोरी खेलेर किर्तिमान बनाएका छन् । वांग सिसेन नाम गरेको चिनियाँ युवकले तीस सेकेण्डमा सय चोटि डोरी नाघेर खेल्न सफल भएका थिए । उनले यस प्रतियोगिताबाट गिनिज वल्र्ड रेकर्डमा आफनो नाम राख्न सफल भएका छन् ।

त्यस प्रतियोगितामा वांग बाहेक अरु चिनियाँ खेलाडीले पनि नयाँ किर्तीमान राख्न सफल भएका छन् । एक चिनियाँ युवकले आफ्नै किर्तीमान तोड्न सफल भएका थिए । उनले २०१६ मा दुई सय आँठ चोटि डोरीलाई पार गरेका थिए भने यसपालि उनले सो रेकर्ड तोडेर तीस सेकेण्डमा २२८ चोटि डोरी नाघेर नयाँ किर्तीमान बनाउन सफल भएका हुन् ।

 

Photo Source : The Indian Express



प्रतिक्रिया दिनुहोस्