Logo

मुख गन्हाउने समस्या समाधानको उपाय



धुम्रपान जोखिमपूर्ण हुन्छ । यो विश्वव्यापी सत्य हो । स्वास्थ्य सल्लाहकारले धुम्रपान नगर भन्दा पनि ज्यान जोखिममा राखेर प्राय मानिसहरुले धुम्रपान गर्दछन् । धुम्रपानले शरीरलाई हानी पुर्याउने गर्छ विषेशगरि मुख गन्हाउने गर्दछ जसले गर्दा मानिस धेरैजसो ठाउँमा लज्जीत समेत हुनेगर्छ ।
मुख गन्हाउनु भनेको मुख धेरै मात्रामा खराब भइसकेको संकेत हो । यस प्रकारको समस्याबाट छुटकारा पाउन निम्न विषयमा ध्यान दिनु आवश्यक छ ।

दैनिक दाँत माझ्ने
दैनिक रुपमा विहान र सुत्ने बेलुका अनिवार्य रुपमा दाँत माझ्न जरुरी छ । यस्तो गर्दा मुख गन्हाउन कम हुन्छ । मुख धोएपछि माउथवासले कुल्ला गर्दा उपयूक्त हुन्छ ।

पानीको सेवन
मानिसले पर्याप्त मात्रामा पानी पिउन आवश्यक छ । विशेषगरी धुम्रपान गरिसकेपछि विभिन्न प्रकारको रसायनिक तत्वहरु मुखमा फाल्ने गर्दछ । ती सबै रसायनले मुखमा बाक्लो तर बनाउने गर्दछ । त्यस तरलाई हटाउन पानीले मद्दत गर्दछ । दैनिक रुपमा पानीको सेवन गरेमा पानीले दाँतको रक्षा र किटाणुबाट लड्ने क्षमता बढाउँदछ ।

चुइँगमको प्रयोग
धुम्रपान गरेको केहि बेरमै दाँत माज्न नमिलेमा चुइंगम प्रयोग गर्न उचित हुन्छ । चुइंगमले मुखमा रयाल उत्पादन गर्न मद्दत गर्दछ । जसले धुम्रपान गर्दा निस्किने रासायनिक तत्वलाई मार्न मद्दत पुर्याउँदछ ।

दन्त चिकित्सकको सल्लाह
धुम्रपान गर्ने व्यक्तिहरुले दन्त चिकित्सकको सल्लाहमा बस्न आवश्यक रहेको छ । आफ्नो दाँतलाई नियमित रुपमा सफा गराउनु पर्दछ । धुम्रपान क्यान्सरको मुख्य कारण हुनाले मुख भित्र भएको गतिविधिलाई चिकित्सकको हेरचाहमा बस्नु पर्ने हुन्छ । चिकित्सकले यस बारेमा राम्रो सल्लाह दिन सक्दछ ।



प्रतिक्रिया दिनुहोस्