Logo

आपतकालिन अवतरणको क्रममा पाइलटको निधन



दक्षिणी रुसको एयरपोर्टमा यात्रुवाहक विमान अवतरण गर्दा पाइलटको निधन भएको छ । विमानले सेरेमेत्यभो एयरपार्टबाट करिब १० बजे उडान भरेको थियो । उडान भरेको केहिबेरमै पाइलटको स्वास्थ्यमा समस्या आउँदा आपतकालिन अवतरण गरिएको थियो । तर, अवतरणका क्रममा उनको मृत्यु भयो ।

हृदयघात भएको कारण पाइलटको मूत्यु भएको त्यहाँको क्षेत्रिय आपतकालिन विभागले जनाएको छ । विमान अवतरण गरिसकेपछि चिकित्सकले जाँच गरेका थिए । चिकित्सकले उनलाई मृत घोषित गरे।

रुस अनुसन्धान समितिको दक्षिणी अनुसन्धान विभागले यस घटनापछि अन्सन्धान सुरु गरेको जनाएको छ । विमानका यात्रु र अन्य चालक दल भने सबैजना सुरक्षीत रहेको जनाइएको छ । विमान कम्पनीले पाइलटको निधन प्रति दुख व्यक्त गरेको छ । Photo Source : TASS



प्रतिक्रिया दिनुहोस्