Logo

मालारानीको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्छौं : प्रजिअ पौडेल



अर्घाखाँची, ९ मंसिर । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जिल्लाको मालारानी गाउँपालिका(३ मा वडाअध्यक्ष पदका लागि हुने उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले मालारानी गाउँपालिका(३ को निर्वाचन शान्तिपूर्ण रुपमा हुने बताएका हुन् ।

यही मंसिर १४ गते अर्घाखाँचीको मालारानी गाउँपालिका(३ मा पनि वडाहध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि सम्पूर्ण तहको सुरक्षा व्यवस्था मजबुद पारिएकोले ढुक्कसँग मतदान गर्न प्रजिअ पौडेलले मतदातालाई आग्रह गरेका छन् । ‘शान्ति सुरक्षाको व्यवस्था मजबुद पारिएको छ’, प्रजिअ पौडेलले भने, ‘ढुक्कसँग आफूले मन पराएको उम्मेदवारलाई भोट हाल्नुहोला ।’

उनले विगतमा जस्तो लामो मतपत्र नहुने भन्दै सबै मतदाताले निर्धक्कका साथ मतदान गर्ने व्यवस्था मिलाइएको बताए । ‘विगतमा जस्तो मतदातालाई त्रसित पार्ने, भोट हाल्न मतदातालाई प्रभावित पार्ने कुनै पनि क्रियाकलाप हुन नदिने भन्दै उनले यो चुनावमा निर्वाचान आचारसंहिता पूर्णरुपमा पालना गराउन आफू प्रतिवद्ध रहेको बताए ।

निर्वाचन अधिकारी लालप्रसाद भुसालले सबै मतदातालाई मतदाता शिक्षा दिइएको बताएका छन् । आफुूले मन पराएको उम्मेदवारको चुनाव चिन्हमा कसरी मतदान गर्ने भन्नेबारे मतदातालाई प्रशिक्षण गरिएको उनले बताए । ४ मतदान अधिकृत र ४ सहायक मतदान अधिकृतलाई तालिम र प्रशिक्षण दिइएको समेत उनले जानकारी दिएका छन् ।

स्थानीय तहको चुनावमा तत्कालिन एमालेबाट जितेका वडाध्यक्ष जीवन चौहानको निधन भएपछि मालारानी गाउँपालिका(३ खनदहमा उपनिर्वाचन हुन लागेको हो ।कार्यक्रममा प्रेस संगठन नेपालमा मनोनीत केन्द्रिय सदस्य सोभाखर पन्थी र गणेश खनाल लाई सम्मान गरिएको थियो । साक्षात्कार रामकुमार क्षेत्रीको अध्यक्षता , बिरेन्द्र केसीको बिषयबस्तु तथा नविन केसीको सञ्चालनमा सम्पन्न भएको हो ।



प्रतिक्रिया दिनुहोस्