Logo

ओलीको राष्ट्रवाद लम्पसारबादमा परीणत भयो : देउवा



शरद रेग्मी : श्रीगाउँ, मंसिर ९ दाङ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा गएर परीणत भएको आरोप लगाएका छन् । चुनावी अभियानअन्तर्गत सोमवार पश्चिम दाङको श्रीगाउँमा बृहत चुनावी सभा सम्पन्न भएको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओलीको राष्ट्रवाद लिपुलेक, कालापानी र लिम्पियाधुरामा गएर लम्पसारबादमा परीणत भइसकेको आरोप लगाए । उनले लुटतन्त्र, त्रासबाट मुक्ती पाउन र लोतन्त्रलाई स्थायीत्व गर्न नेपाली कांग्रेसलाई जिताउनुपर्ने बताए । कम्युनिष्ट सरकारले करको भार बोकाएर जनतालाई आजित बनाएको पनि उनको आरोप छ ।

उनले भने,‘अब यो सरकारलाई सच्याउन कांग्रेसलाई जिताउन आवश्यक छ । अहिलेको सरकारले विकास निर्माणका कार्यको उपभोक्ता समितिमा आफ्ना कार्यकर्ता भर्ने र प्रत्यक्ष सरकारी कोषमा लुट मच्याएको छ । देशको स्वतन्त्र न्यायपालिकाभित्र सत्ताको हस्तक्षेप भएको छ ।’



प्रतिक्रिया दिनुहोस्