Logo

उपनिर्वाचनको तयारी अन्तिम चरणमा, ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम



काठमाण्डौ । मंसिर १४ गते हुने उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । मतदान सामाग्री मतदान केन्द्रमा प¥याईसकिएको छ । मतदानको मिति नजिकिदै गर्दा, उम्मेदवार तथा राजनीतिक दलबाट आचारसंहिताविपरितका गतिविधी बढ्न सक्ने भन्दै निर्वाचन आयोगले निगरानी बढाएको छ ।

निर्वाचन आयोगलाई उपनिर्वाचनको चटारोले भ्याईनभ्याई छ । ३७ जिल्लाका विभिन्न स्थानमा विभिन्न तहको लागि उपनिर्वाचन हुंदैछ । प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । प्रदेशअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ र भक्तपुर–१ ‘ख’ मा हुँदै छ । यससंगै स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४२ वडाध्यक्षका लागि मतदान हुंदैछ । जसमा २२ दलका उम्मेदवार छन् ।

मतदानको लागि आवश्यक सामानहरु ५३७ मतदान केन्द्रका मूख्य निर्वाचन अधिकृतको कार्यालयसम्म पु¥याईसकेको निर्वाचन आयोगले जनाएको छ । नमुना मतपत्रको पोस्टर निर्वाचन हुने क्षेत्रमा टासिसकिएको छ । मतदान गराउने कर्मचारी व्यवस्थापन भइरहेको र मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र स्वयमसेवकहरु खटाईदै छ । मंसिर ५ गतेदेखि निर्वाचन आयोगले मतदाता शिक्षा कायक्रम सुरु गरेको छ । मतदाताले दिएको भोट खेर नजाओस् भन्नाको लागि भोट गर्ने सही तरिका सिकाउने सो कार्यक्रम ११ गतेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

मतदानको मिति नजिकिदै जाँदा आचारसंहिता विपरितका गतिविधी बढ्नसक्ने भन्दै निर्वाचन आयोगले निगरानी बढाएको छ । आचारसंहिताविपरित चुनावी गतिविधि भएको पाइए कारबाही गर्ने आयोगको प्रतिवद्धता छ । उपनिर्वाचनलाई केन्द्रित गरेर यतिबेला उम्मेदवारी दिएका सबैजसो दलका शीर्ष नेताहरु जिल्ला दौडाहामा छन् । उपनिर्वाचनको नतिजाले ठूलै परिवर्तन त ल्याउँदैन । तर जनमतको आँकलन भने गर्नेछ । मा ४ लाख ५४ हजार १ सय १४ मतदाताले भोट हाल्न पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्