Logo

गरिव बालिकाको भाइरल तस्विरले दियो शिक्षा



काठमाडौं, मंसिर ९ । दक्षिण भारतको हैदराबादमा अवस्थित एउटा विद्यालयमा खिचिएको एउटा तस्बिरले केही हप्ताअघि ठूलो चर्चा पायो। एउटी पाँच वर्षीया दिव्या नाम गरेकी बालिकाले उक्त तस्बिरकै कारण विद्यालयमा भर्ना हुने अवसर पाइन्।

नजिकैको एउटा गरिब बस्तीबाट ती बालिका तस्बिर खिचिएको त्यो दिन विद्यार्थीलाई निःशुल्क वितरण गरिने खाजाको आशामा त्यहाँ पुगेको बताइएको छ।

हाल उनी सोहि विद्यालय जाने गरेकी छन् । उनका बुवाले छोरीको तस्विर सामाजिक सञ्जालमा टुहुरो बालक जस्तै चर्चा भएकोमा भने दुःख व्यक्त गरेका छ्न् ।

कथा कोठामा पढदै गरेका बालवालिकालाई ढोका बाहिरबाट नियालीरहको तस्विर केहि समय पहिले भाइरल भएको थियो । उक्त तस्विर सार्वजनिक भएको दोस्रो दिन नै विद्यालयले बालिकाका अभिभावकलाई भर्नाकोलागि बोलाइएको थियो । अव उनले विद्यालयमा निःशुल्क शिक्षा र खाजा पाउनेछिन् ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्