Logo

डाक्टरद्धारा बिरामीमाथि बलात्कार प्रयास



काठमाडौँ, १० मंसिर । नेपाल मेडिसिटी अस्पताल ललितपुरको भैँसेपाटीस्थित एक डाक्टर जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार जेनेररल फिजिसियन रोहित कुमार झालाई प्रहरीले पक्राउ गरेको हो । अस्पतालमा जँचाउन आएकी एक महिलालाई उनले जबरजस्ती गरेछन्  राईले भने, जँचाउने बहानामा गोप्य अंगमा हात पुर्‍याएको महिलाले आरोप लगाएकी छन् । महिलाले आइतबार राति नै प्रहरी प्रशासनमा यस्तो आरोप लगाएकी थिइन् ।

यस्तो घटना लगत्तै मेडिसिटी अस्पतालले भने डाक्टर झालाई निश्कासन गरिसकेको जनाएको छ । अस्पतालमा दुई महिनाअघि मात्रै काम सुरु गरेका उनलाई घटना थाहा पाएपछि निश्कासन गरिएको अस्पताल प्रशासनले जनाएको हो ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्