Logo

आँखाको शल्यक्रियाका कारण सन्दीपले साग गुमाउने



काठमाडौं – आँखाको शल्यक्रियाका कारण नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले घरेलु मैदानमा अर्को साताबाट सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद साग गुमाउने भएका छन्।

राष्ट्रिय टोलीका म्यानेजर रमन शिवाकोटीले सोमबार सन्दीपको सोमबार तुरुन्तै आँखाको शल्यक्रिया गरिएको र दुई साता आराम गर्नुपर्ने भएकाले उनी साग टोलीबाट बाहिरिएको बताएका हुन्।

‘सन्दीप साग टोलीमा हुने छैनन्,’ सिवाकोटीले भने, ‘चिकित्सकले केही महिनाअघि गरेको चेकजाँचमा चस्मा लगाउन सल्लाह दिएका थिए। तर निरन्तर खेलका कारण त्यसो गरिएन।

आज नियमित चेकअपका लागि तिलगंगा आँखा अस्पताल जाँदा चिकित्सकले तत्काल शल्यक्रिया गर्न भनेपछि शल्यक्रिया गरिएको हो। उनलाई २ साता आराम गर्न भनिएको छ।’सन्दीप टोलीबाट बाहिरिएपछि वैकल्पिक खेलाडीका रूपमा रहेका रोहितकुमार पौडेललाई टोलीमा बोलाइएको छ।

सागअन्तर्गत पुरुष क्रिकेटका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्