Logo

राजस्व छल्ने काइदाः मजदुरको नाममा नक्कली फर्म



काठमाडौं,मंसिर १० । राजस्व छल्ने कार्य नियन्त्रणका लागि आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले झूठा तथा नक्कली मूल्य अभिवृद्धि करभ्याट बीजक प्रयोग गरी १ अर्ब २९ करोड ३६ लाख एकहजार ५ सय ६२ रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विनोदकुमार अग्रवालसहित २१ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।

विभागले बाराको कलैया नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–३ धोबिघाट बस्ने विनोदकुमार अग्रवाल, झापा अनारमनी घर भई ललितपुरको हात्तीवन बस्ने विकास अग्रवाललगायतले कमजोर आर्थिक अवस्था भएका मजदुरको नाममा नक्कली फर्म खडा गरी झूठा तथा नक्कली भ्याट बीजक प्रयोग गरी राजस्व छलेको अभियोगमा सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्