Logo

संवैधानिक आयोगमा ३९ पद रिक्त



Reporters Club Nepal Logo

काठमाडौं,मंसिर १० । विभिन्न संवैधानिक आयोगमा यति बेला ३९ पद रिक्त छन्। संविधानले १० संवैधानिक आयोगको व्यवस्था गरेको छ। लोकसेवा आयोग, महालेखा परीक्षक र राष्ट्रिय मानवअधिकार आयोगबाहेक अरू सबैमा पद रिक्त छन्।
संवैधानिक परिषद्को बहुमतले निर्णय गर्नेगरी अध्यादेश ल्याएर छिट्टै सबै रिक्त पदमा नियुक्ति हुने सम्भावना बढेको छ। हालको व्यवस्थाअनुसार भने यस्तो नियुक्तिका लागि परिषद्ले सर्वसम्मतिले सिफारिस गर्नुपर्छ।
संवैधानिक परिषद् सदस्य तथा उपसभामुख शिवमाया तुम्बाहाम्फेले परिषद् बैठक बस्न अध्यक्ष र सदस्यको समय नमिलेकाले निर्णय हुन नसकेको बताइन्। उनले अब सबै पदमा एकैपटक नियुक्ति हुने संकेत गरिन्।
सरकारले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ऐनलाई संशोधन गर्दै अध्यादेश ल्याएर बहुमतका आधारमा कार्यकर्तालाई नियुक्त गरेर पदपूर्ति गर्ने तयारी गरेको छ।नागरिक दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्