Logo

यी महिलाको चरित्रहत्या गर्न खोज्ने पीएचडीवाला विरुद्ध किटानी जाहेरी



काठमाडौं, १० मंसिर । समाजसेवी इशा गुरुङले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो चरित्रहत्या गर्ने गतिविधि गरेपछि एकजना विद्यावारिधी गरेका व्यक्तिमाथि किटानी जाहेरी दिएकी छिन् । उनले सोमबार महानगरीय अपराध महाशाखा काठमाडौंमा डा. अनुपम मंगोलको आइडीबाट फेसबुक चलाउने व्यक्तिमाथि उजूरी गरेकी हुन् ।

उजूरीमा डा. अनुपम मंगोल मङ्गोल आइडीबाट चरित्रहत्या गरी भाइरले गरेको २० कात्तिकमा जानकारीमा आएको उल्लेख छ । उक्त आइडीका डा. अनुपमले आफूलाई एन्थोलोजीको विद्यावारिधी उल्लेख गरेका छन् । उनले जातीय विभेदसम्बन्धि विषयमा अध्ययन गरेको परिचयमा लेखेका छन् ।

उजूरी गर्ने इशा गुरुङले मंगोलले आफूलाई अश्लील शब्द लेखेको समेत बताएकी छिन् । चरित्रहत्या गरी मानसिक तनाव दिएको भन्दै कडा कारबाही गर्न माग गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्