Logo

सङ्ग्रहालयबाट बहुमूल्य गहना चोरी



काठमाडौं, मंसिर १० । पूर्वी जर्मनीस्थित एउटा विश्वप्रसिद्ध सङ्ग्रहालयबाट बहुमूल्य गहनाहरू चोरी भएपछि प्रहरीले अनुसन्धान र खोजी कार्य तीव्र पारेको छ।

सोमवार बिहानै चोरहरू उक्त सङ्ग्रहालयको झ्याल फुटाएर भित्र पसी अठारौँ शताब्दीमा निर्मित तीनवटा हीरा, नीलमणि र अन्य पत्थरजडित गहना चोरेका थिए।

त्यो सङ्ग्रहालयका निर्देशकले ती गहनाको मूल्य तोक्नै नसकिने बताउँदै तिनको ठूलो सांस्कृतिक मूल्य भएको बताएका छन्।

प्रहरीले एक सन्दिग्ध व्यक्ति सुरक्षा क्यामराले खिचेको भिडिओमा देखिएको बताएको छ। तर अझै पनि कोही पक्राउ परेका छैनन्।

ड्रेस्डेन ग्रीन भल्ट उक्त सुरक्षित स्थानबाट चोरी भएका प्रत्येक गहनामा ३७ वटा भाग छन्। ती गहनालाई टुक्र्याएर बेचिन सक्ने अधिकारीहरू चिन्ता छ।

प्रहरीले एक सन्दिग्ध व्यक्ति सुरक्षा क्यामराले खिचेको भिडिओमा देखिएको बताएको छ। तर अझै पनि कोही पक्राउ परेका छैनन्। एजेन्सी



प्रतिक्रिया दिनुहोस्