Logo

सशस्त्र डिआइजी श्रेष्ठ निराश



काठमाडौं, १० मंसिर । सशस्त्र प्रहरी बलमा एआइजी बढुवाको राजनीति उत्कर्षमा पुगेको छ । आफूलाई भावी आइजिपीको दाबेदार ठानेका डिआइजी सुरज श्रेष्ठको अवकाश मिति नजिकिएपछि चलखेल बढेको हो ।

डिआइजीको पाँच वर्षे सेवाहदका कारण श्रेष्ठले आगामी फागुनमा अवकाश पाउँदैछन् । त्यसअघि नै एआइजीको दरबन्दी थपेर बढुवा हुने लबिङमा उनी छन् । तर, सरकारले सशस्त्र प्रहरीमा अनाबश्यक एआइजी भएको भन्दै डेढ वर्षअघि राजिनामा दिन लगाएर दरबन्दी कटौती गरेको थियो । सशस्त्र प्रहरीमा दुई जना मात्र एआइजी राख्ने निर्णय भएकोहा हाल तीन जना कार्यरत छन् । यस्तो अवस्थामा एआइजीको दरबन्दी थप्न गृह मन्त्रालय तयार छैन । तर, पनि डिआइजी श्रेष्ठले प्रधानमन्त्री निकट व्यक्तिहरुलाई भेटेर मनाउने प्रयास जारी राखेका छन् ।

सशस्त्र प्रहरीमा अबको दुई वर्षपछि आइजिपी परिवर्तन हुँदैछन् । यद्यपि, आइजिपीको कार्यकाल तीन वर्ष बनाउनेबारे छलफल भइरहेको छ । यो अवस्था आगामी वर्ष नै आइजिपी हेरफेर हुन सक्छ ।

अहिले एआइजी भएमा श्रेष्ठ शैलेन्द्र खनालपछि आइजिपी हुने पक्का छ । तर, त्यसपछिका आइजिपीका दाबेदार रहेका राजु अर्यालको ब्याच श्रेष्ठलाई रोक्न लागिपरेका छन् । आइजिपी खनाल भने श्रेष्ठलाई एआइजी बनाउने पक्षमा छन् । तर, पनि गृह मन्त्रालयले प्रस्ताव अघि बढाउनै इच्छा नदेखाएपछि डिआइजी श्रेष्ठ निराश बनेका छन् ।

आफ्नो ब्याचमा श्रेष्ठ पहिलो नम्बरमा थिए । शेरबहादुर देउवा सरकारले आर्थिक चलखेलका आधारमा एआइजीको दरबन्दी थपेर बढुवा गर्दा उनले बढुवाा लागि फर्म नै भरेनन् । उनीभन्दा जुनियरहरु बढुवा भए । त्यतीबेला बढुवा भएको भए अवकाश पाइसक्थे । अहिले डिआइजीबाटै अवकाश पाउने अवस्था सिर्जना भएको छ ।

उता सशस्त्रका अर्का डिआइजी प्रवीण श्रेष्ठ पनि एआइजी हुने चलखेलमा लागेको र त्यसका लगि भारतीय दूतावास छिरेको चर्चा पनि सशस्त्र प्रहरीमा छ । दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्