Logo

फेसबुक काण्डले सैनिकलाई जेल



काठमाडौं,मंसिर १० । नेपाली सेनामा फटाफट विभागीय कारबाही हुन थालेका छन् । सिपाहिदेखि सिनियर अधिकारीहरु समेत भ्रष्ट्रार लगायत विभिन्न कारबाहीमा परिरहेका छन् । गल्तीगर्ने सैनीकलाई नछाड्ने नीति प्रधानसेनापती पूर्णचन्द्र थापाले लिएका छन् । यसैक्रममा एक सिपाही यौनसम्बन्धी अपराधमा जेल परेका छन् ।

सैनीक अदालतले एक सिपाहीलाई गत शुक्रबार तीन बर्ष कैद सजाय सनाएको छ । घटना रमाइलो छ । पुुरानो महिला साथीसंग सिपाहीको दश बर्षपछि फेसबुक मार्फत भेट हुन्छ । फेसबुकमा च्याट गर्ने क्रममा उनीहरुबिच भेट तय हुन्छ । दुबैबीच शारिरिक सम्बन्ध समेत हुन्छ । दुबैजना प्रेमि–प्रेमिका बन्छन् ।

तर, महिला पहिले नै विवाहित थिईन । श्रीमानसंग छुटाउन उपाय निकाल्छन् । ती महिलासंगका गोप्य फोटोहरु खिचेर उनका श्रीमानलाई फेसबुकमा पठाउन्छन् । त्यहि फोटोसहित श्रीमानले जंगीअड्डामा उजुरी दिएका थिए । जुन अपराधलाई स्विकार गरेपछि ति सिपाहिलाई सैनीक अदालतले गत शुक्रबार तीन बर्ष जेल चलानको आदेश दिएको हो ।

विवाहित महिलालाई आफ्नो श्रीमती बनाउन खोज्दा जागीर गयो नै उनी तीन बर्ष जेल समेत परेका छन् । सेनामा यस्ता किसममा अपराध बढेका छन् ।अरुको श्रमतीसंग सम्बन्ध राखेका अन्य दर्जन उजुरी उपर छानबिन भईरहेको स्रोत बताउँछन । आफ्नै कर्मचारीमाथी भएका यौन दुव्र्यहारका घटनाको समेत सेनाभित्र छानबिन भईरहको छ । दृष्ट्रि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्