Logo

चौबीस घण्टा भित्र अतिरिक्त शुल्क फिर्ता गर्न निर्देशन



काठमाडौ, मंसिर १० गते । गृहमन्त्रालयले चिकित्साशास्त्र संकायमा अध्ययनरत विद्यार्थीबाट उठाइएको अतिरिक्तशुल्क २४ घण्टाभित्र फिर्ता गर्न निर्देशनदिएको छ । फिर्ता नदिने मेडिकल कलेजलाईकारवाहीको चेतावनी दिइ सकेको छ ।

गृहमन्त्री रामबहादुर थापा, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवत्ता अग्नि खरेल र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललगाएत सम्बद्ध अधिकारी उपस्थित बैठकले रकमफिर्ता नगर्ने कलेजलाई कारबाहिको निर्णय गरेको छ । ‘सरकारले तोकेको भन्दा बढी रकमविद्यार्थीलाई फिर्ता गर्न पुनःनिर्देशन दिएको छ ’गृहमन्त्रीथापाका पे्रस संयोजककिरण भट्टराईले भन्नुभयो, ‘फिर्ता नगर्नेलाई बैठकले नै कारवाहीगर्ने निर्णय गरेको हो । ’

यसअघि असोज र कात्तिकमा गृहमन्त्रालयमा बसेको बैठकले सुरुमा एक महिना, त्यसपछि थप १५ दिनको समय सिमातोकी बढी लिएको रकमफिर्ता गर्न वा समायोजन गर्न पत्राचार गरेको थियो । सरकारले दिएको १५दिनको समयसिमा सोमबार सकिसकेको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले बढि शुल्कलिएका मेडिकल कलेजविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकीने निर्णय पनिगरेको छ । पीडितले दिएको उजुरी माथी आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले निर्देशन दिएको थियो । गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस्