Logo

तीर्थको तीर्थ अमरनाथ यात्रा



अमरनाथ हिन्दुहरुको एक प्रमुख तीर्थस्थल हो । अमरनाथ कश्मीर राज्यको श्रीनगर शहरबाट उत्तर पूर्वमा १३५ सहस्त्रमीटर टाढा समुद्रतल देखि १३,६०० फुटको उचाइमा अवस्थित छ । गुफाको लम्बाई भित्र १९ मीटर र चौड़ाई १६ मीटर रहेको छ । गुफा ११ मीटर अग्लो छ । अमरनाथ गुफा भगवान शिवको प्रमुख धार्मिक स्थल मध्ये एक हो । अमरनाथलाई तीर्थको तीर्थ भनिन्छ । किनभने त्यस ठाउँमा भगवान शिवले माता पार्वतीलाई अमरत्वको रहस्य बताएका थिए ।

भगवान शिव माता पार्वतीलाई लिएर गुप्त स्थानमा गए । सबैभन्दा पहिले भोलेनाथले आफ्नो नन्दीलाई पहल गाउँमा छोडिदिए । त्यसकारण बाबा अमरनाथको यात्रा पहल गाउँबाट सुरु भएको तात्पर्य हुन्छ । अगाडि जाँदै गर्दा भगवान शिवले आफ्नो जट्टामा चन्द्रमालाई चन्द्रवाणीमा अलग गरे र गंगाजीलाई पञ्चकर्णीमा अलग गर्दिए । कण्ठभूषण सर्पलाई शेषनागमा छोडिदिए । यसकारण त्यस ठाउँको नाम शेषनाग राखिएको छ । अगाडिको यात्रामा अघिल्लो ठाउँ गशेषजीको ठाउँ पर्दछ । अमरनाथले आफ्नो पुत्र गणेशलाई पनि छोडिदिए । पिषु घाँटीमा पिषु किरा र जनावरलाई पनि त्यागे । जीवनको पाँच तत्वलाई पनि महादेवले त्यागेका थिए । त्यसपछि माता पार्वतीसँग गुप्त गुफामा प्रवेश गरेका थिए ।

भगवान शिवले गुप्त गुफामा कोही प्रवेश गर्न नसकुन भनेर आफ्नो चमत्कारीताको माध्यबाट वरिपरी आगो प्रज्वलित गरेका थिए । त्यसपछि उनले अमर कथा पार्वतीलाई सुनाउन सुरु गरे । कथा सुन्दै जाँदा पार्वतीलाई निन्द्रा लाग्यो । उनी मस्त निन्द्रामा परिन तर त्यो कुरा शिवले थाहा पाएनन् । उनी अमर हुनुको कथा सुनाउदै गए । त्यसै समयमा दुई सेता परेवाले कथा सुनिरहेका थिए र वीचवीचमा गुँ गँु को आवाज निकालि रहेका थिए । शिलजीलाई माता पार्वती कथा सुनिरहेकी छिन् भन्ने लागिरहेको थियो । दुवै परेवाले अमर हुनेका पूरै कथा सुने ।

कथा समाप्त भएपछि शिवजीको ध्यान पार्वतीमा गयो । पार्वती निन्द्रामा भए कथाले कसले सुन्यो सोच्दै गर्दा महादेवको आँखा एक जोडि सेता परेवामाथि प¥यो । त्यसछि शिव क्रोधित भए र परेवालाई मार्न तयार भए । परेवाले आफू अमर हुनेको कथा सुनेको शिवलाई बताए । तिमीले हामीलाई मारेमा अमर कथा झुटो  हुनेछ भनेपछि शिवले परेवालाई जीवित छोड्दै तिमीहरु आजबाट यस ठाउँमा शिव पार्वतीको प्रतिक भएर बस्नु भनी आशिर्वाद दिए । त्यसकारण आज पनि भक्तजनहरुले दुई परेवाको दर्शन गर्न पाउनेछन् । त्यसकारण त्यस गुफालाई अमर कथाको रुपमा चिनिन्छ । गुफाको भित्र भगवान शिवको लिङ्गको रुपमा स्थापित छ । गुफाभित्र माता पार्वतीको साथमा गणेशको मूर्ती पनि बरबाट स्थापित भएको छ ।

पौराणीक कथा अनुसार एक जना बटुवाले एक साधुसँग भेट भयो । जसले बटुवालाई कोइलाले भरिएको एउटा बोरा दिए । बोरा बोकेर बटुवा आफ्नो घर तिर लाग्यो । घर पुगेर हेर्दा त कोइलाको बोरा सुनको सिक्कामा परिणत भएको थियो । उ आश्चार्य चकित भयो । त्यसपछि साधुलाई धन्यवाद दिनका लागि बटुवा त्यही स्थानमा गयो । तर त्यहाँ साधु भेटिएन । उसले त्यही ठाउँमा एक गुफा देख्यो । गुफाभित्र पसेर हेर्दा भगवान शिव बरफबाट बनेको शिव लिङ्गमा स्थापित भएको धार्मिक मान्यता रहेको छ । त्यसपछि गुफाको खोजी सुरु भएको हो । गुफामा दर्शनका लागि टाढा टाढाका भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ ।  -धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्