Logo

रामले यस कारण लिए सीताको अग्नि परीक्षा



रामायणको कथा अनुसार भगवान रामले १४ वर्षको वनबास बस्नु परेको थियो । वनबासको दौरान माता सीता र लक्ष्मण उनको साथमा गएका थिए ।

पौराणिक मान्यताका अनुसार लंकाको राजा रावणले माता सीताको अपहरण गरेको थियो । करिब दुई वर्षसम्म माता सीता रावणको कैदमा थिइन् । रावणको हत्यापछि श्री रामले सीताको अपहरणबाट मुक्त गराएका थिए । तर सीताले आफ्नो पवित्रता सावित गर्नका लागि अग्नि परीक्षा दिनुपर्ने भयो । जुन परीक्षा भगवान रामले लिएका थिए ।

लामो समयसम्म रावणको कैदमा रहेर माता सीता रामको साथमा अयोध्या आइन् । तर उनको पवित्रतालाई लिएर समाजमा कुरा काट्न थालियो । माता सिता पहिले जस्तै पवित्र र सत्यवती भएको कुरामा मानिसहरुलाई विश्वास लागेन । अयोध्याकी रानी स्वीकार गर्नुभन्दा पहिले सीतालाइ अग्नी परीक्षा दिएर आफ्नो पवित्रताको सावित गर्न लगाइन्छ ।

त्यसपछि आफ्ना प्रजाको मान राख्नका लागि भगवान रामले सीताको अग्नी परीक्षा लिन्छन् । समाजबाट उठेका सवालको जवाफ र आफ्नो प्रतिष्ठा बचाई राख्नका लागि रामले सीतालाई त्यागेका थिए ।

पदम् पुराणका अनुसार रामायणमा दुई सीता थिए । असली सीता र दोस्री माया । पदम पुराणमा भनिएको छ कि माता सीताको कुनै अग्नी परीक्षा दिनु परेको थिएन नत वनवास जानु नै परेको थियो । भगवान राम दुवै सीताको बारेमा जान्दथे ।

पौराणीक मान्यताका अनुसार माता सीता अग्नि देवको पूजा गर्थिन् । त्रेत्रा युगमा यो धारण थियो कुनै व्यक्ति सच्चा छ भने अग्निले कुनै नोक्सान पु¥याउन सक्दैनथ्यो । माता सीताको भक्तिबाट प्रसन्न भएर अग्नि देवताले अग्नि परीक्षाको दौरानमा उनको ठाउँमा मायालाई राखेका थिए । जसको कारण रावणले अपहरण गरी आफ्नो साथ लंका लिएर गएका थिए ।

जब सीतालाई भगवान रामले रावणसँग बचाएका थिए । त्यसपछि उनले मायासँग बिन्ती गरेकी थिइन् म फिर्ता गएपछि असली सीता पनि फिर्ता आउनेछिन् । त्यसैले सिताको अग्नि परीक्षाको दौरानमा असली सीता बाहिर आउँदा रावणले छुन पाएन् ।

माता सीताको चरित्रमाथि औँला उठाउने प्रजालाई जवाफ दिनका लागि जव रामले सीताको अग्नि परीक्षा लिएका थिए । त्यसले सीता पवित्र र बफदार हुँदा पनि श्री रामले उनलाई त्याग गरेका थिए ।-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्