Logo

द्रोणले एकलव्यको औँला यसरी कटाइदिए



प्राचीन समयमा शिक्षकको विशेष स्थान थियो । त्यस समयमा शिक्षकका सम्मानका लागि तथा शिक्षकका लागि विद्यार्थीहरु ज्यान दिन तयार हसन्थ्ये । त्यस समयमा एकलव्यले गुरू दक्षिणामा गुरू द्रोणचार्यलाई आफ्नो बुढी औँला काटेर दिएका थिए ।

प्राचीन कालमा विद्यार्थीहरु शिक्षा ग्रहण गर्नको लागि गुरुको साथमा आश्रममा बस्नु प¥थ्यो । त्यस समय ब्राह्मण र क्षत्रीको अलवा कसैलाई शिक्षा दिइदैनथ्यो । जब श्रृंगवेरपुरमा निषादराज हिरण्यधनुकी रानी सुलेखाले एक पुत्रको जन्म दिइन् । जसको नाम “अभिद्युम्न“ राखिएको थियो । बाल्य अवस्थामा उनी “अभय“ को नामबाट चिनिन्थे । बचपनमा जब “अभय“ शिक्षाका लागि आफ्ना कुलका गुरुकुलमा गए त्यहाँ अस्त्र शस्त्र विद्यामा बालकको लगन र एकनिष्ठता देखेर गुरुले बालकको “एकलव्य“ नाम राखिदिए ।
एकलव्यले धनुर्विद्याको उच्च शिक्षा प्राप्त गर्नका लागि त्यस समय धनुर्विद्यामा दक्ष गुरू द्रोणचार्य भएको ठाउँमा जाने फैसला गरे । एकलव्य पितालाई द्रोणाचार्य केवल ब्राह्मण तथा क्षत्रीय वर्गलाई शिक्षा दिने कुरा थाहा थियो । त्यस बारेमा उनले एकलव्यलाई वताए । तर, धनुर्विद्या सिक्ने सिकाउने धनु र द्रोणाचार्यको आफ्नो कलाबाट प्रभावित गर्ने सोचका साथमा उनी द्रोण भएको ठाउँमा पुगे । उनले सोचेजस्तो केही भएन र अपमानित गरी एकलव्यलाई आश्रमबाट निकालिदिए । त्यसपछि उनले त्यहीँ जंगलमा बसेर धनुर्विद्या प्राप्त गर्ने सोच बनाए ।

एकलव्यले जंगलमा द्रोणाचार्यको एक मूर्ती स्थापित गरे र उनकै ध्यान गरी धनुर्विद्यामा महारत हासिल गरे । एक दिन आचार्य द्रोण आफ्नो शिष्य र एक कुकुरको साथमा खेल्नका लागि उही जंगलमा पुगे जहाँ एकलव्य बस्थे । द्रोणको कुकुर भागेर एकलव्यको आश्रम पुग्यो र भुक्न थाल्यो । एकलव्य त्यस समय धनुर्विद्याको अभ्यास गरिरहेका थिए । कुकुर भुकेको आवाजबाट एकलव्यको साधनामा बाधा परिरहेको थियो । उनले यस्तो वाण चलाए जसले कुकुरलाई कुनै चोटपटक देखिएन र मुख बन्द भयो ।

कुकुर असहाय भएर गुरु द्रोण भएको ठाउँमा गयो । गुरू द्रोण यस्तो श्रेष्ठ धनुर्विद्या देखेर आश्चर्यमा परे । त्यस महान धुनर्धरको खोज्दै खोज्दै एकलव्यको आश्रममा पुगे । द्रोणले देखे त्यहाँ एकलव्य यस्तो बाण चलाइरहेका थिए जो कोई शीर्ष योद्धा चलाउन सक्दैनथे । यो कुरा द्रोणचार्य लागि चिन्ताको विषय बन्यो । उनले एकलव्यबाट उनको गुरुका बारेमा जान्ने जिज्ञासा देखाए । त्यसपछि एकलव्यले द्रोणचार्यको प्रतिमा देखाइदिए । आफ्नो प्रतिमा देखेर आचार्य द्रोण भने यदि तिमी मलाई नै गुरु मान्छौ भने गुरु दक्षिणा देऊ ।

एकलव्यको साथमा गुरुलाई दिन मिल्ने कुनै बहुमुल्य सामान थिएन । त्यसपछि गुरु दक्षिणामां गुरु द्रोणले हातको बुढी औँला मागे । जसले गर्दा एकलव्य सर्वश्रेष्ठ धनुर्धर बन्न नसकुन । यदि धनुर्धर बने भने अर्जुनलाई महान धनुर्धर बनाउने वचन झूठा हुनेछ । एकलव्यले बिना हिचकिचाहट आफ्नो औँला काटेर गुरुलाई गुरु दक्षिणको रुपमा सुम्पिएका थिए ।-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्