Logo

सुख पाउने चाणक्य सूत्र



मनिसले जीवनमा सुखदुःख आफ्नै कारणले भोग्छन् । सुखका लागि आफ्नो कर्मलाई ध्यान दिनु जरुरी छ । यसबारे आर्चाय चाणक्य सूूत्रमा बताइएको छ।

मूर्खसंग कहिल्यै विवाद नगर्नु
ऊसँग विवाद गर्दा आफैलाई नोक्सानी हुन्छ । मूर्खबाट समझदार कुरा आउन सक्दैन ।

आफ्नो कमजोरी कसैलाई नभन्नु
कोहीसंग पनि आफ्नो कुरा वा नराम्रो बानी भन्नु हँुदैन । तपाईको त्यही कमजोरीलाई कुरा गदै हिड्छन् ।

पतनको लागि एउटै दोष काफी
जति राम्रा र प्रतिष्ठित काम गरे पनि यो समाज तपाइको एउटै गल्तीलाई पर्खिरहेको हुन्छ ।

आफ्नो आम्दानीअनुसार खर्च गर्ने बानी बसाल्नु
धन कमाउन जति गाहा्रे हुन्छ त्यहीं सम्झेर कम खर्च गर्नुपर्छ । धन कमाउनभन्दा बचाउनु ठूलो कुरा हो ।

बदनामीबाट टाढा रहनु
चाणक्य भन्छन् ‘अपमानित भएर बाँच्नु भन्दा मर्नु बेश हुन्छ ’ ।

आलस्यलाई त्याग्नु
जति पनि आज मानिस सफल भएका छन अल्छीपन त्यागेर नै भएका छन् त्यसैले आलस्य आजै त्यागौ ।

जे सुने त्यसमा विश्वास नगर्ने
आफ्नो निजी कुरा अरुलाई सकेसम्म नभन्ने कुरा पनि नसुन्ने

वर्तमानमा खुसी हुनु
भनिन्छ भविष्य अन्योल छ भुत गइसक्यो तेसैले वर्तमानमा रमाउने बानी गर्नु पर्छ ।

नराम्रो आचरण भएकासँग टाढा रहनु

मानिस सधै आफन्तहरुबाट नै दुखी भइरहन्छन् । स्रोतः चाणक्य नीति



प्रतिक्रिया दिनुहोस्