Logo

बिल गेट्सलाई उछिन्दै बर्नार्ड आर्नाल्ट



विश्वको धनीको सुचीमा बर्नार्ड आर्नाल्टले जेफ वेजोस र बिल गेट्सलाई पछाडि पारेर प्रथम स्थानमा पुग्ने सम्भावना बढेको छ । जेफ वेजोस र बिल गेट्सले लुइस भिट्टोको सामाग्री किन्ने क्षमता रहेको छ । तर यी दूई विश्व धनिहरुलाई लुइस भिट्टोका अध्यक्षले पछाडि पार्न सक्ने फार्बसले सार्वजनिक गरेको छ ।

सोमवार लुइस भिट्टो कम्पनीको सेयर एक प्रतिशतले बृद्धि भएको थियो । लुइस भिट्टो कम्पनीले टिफ्नी नाम गरेको कम्पनीसँग १६ बिलिअन डलरको सम्झौता गरेपछि विश्व धनीको सुचीमा उनको सम्भावना बढेको जनाएको छ ।

यसैगरि माइक्रोसफ्टका संस्थापक बिल गेट्सको आम्दनी एक सय सात बिलिअन र एमेजोनका जेफ बेजोसको आम्दनी एक सय दस बिलिअन रहेको छ । ब्लूमबर्गका अनुसार लुइस भिट्टोका अध्यक्ष बर्नार्ड आर्नाल्टले ठूलो अन्तरले पछाडि पार्ने सम्भावना देखाएको छ । Photo Source : South China Morning Post



प्रतिक्रिया दिनुहोस्