Logo

शार्कलाई खुवाउने क्रममा महिला घाइते(भिडियोसहित)



समून्द्रको शार्कलाई एक महिलाले आहार खुवाउने क्रममा शार्कद्धारा महिला पानीमा तानिएकी छिन् । मेलिसा नाम गरेकी महिलाले आफ्नो डुंगाबाट माछा र केही साना शार्कहरुलाई खुवाउने क्रममा एक शार्कले महिलाको हातमा टोकेर उनलाई पानीमा तानेको जनाइएको छ ।

मोबाइलको भिडियो फूटेजमा महिला चिच्याउँदै गरेको सुन्न सकिन्छ । घटना छिटो भएको हुँदा उनको ध्यान आफ्नो हातमा रहेको उनले बताइन् । महिलाको अनुसार शार्कलेले उनको हातको हड्डी छेडेको समेत जनाइन् । ३४ वर्षीय मेलिसा अष्ट्रेलियाको पर्थको समून्द्रमा छुट्टी बिताउन गएको क्रममा घटना भएको जनाइएको छ । त्यस समून्द्रमा शार्क र गोइको संख्या अत्याधिक रहेको जनाइएको छ ।

शार्कको टोक्ने ताकत अत्याधिक हुने कारणले महिलाको हातको हड्डी छेडेन सफल भएको थियो । पानीमा तानीएको केही बेरमै उनको सहयोगीले उनलाई ताने पुन: डुंगामा ल्याउन सफल भएको कारण महिलाको ज्यान बचेको जनाइएको छ । शार्कको आक्रमणले महिलाले आफ्नो औँला गुमाइन् । महिलाले शार्कलाई खुवाउनु गलत रहेको उल्लेख गरिन् ।

 

 



प्रतिक्रिया दिनुहोस्