Logo

महाराष्ट्रका मुख्यमन्त्रीले राजीनामा दिएपछि रातभर राजनीतिक चलखेलेको प्रतिक्षा



भारतको महाराष्ट्र राज्यमा राजनीतिक अस्थिरता गहिरिएको छ । सबैभन्दा ठूलो औद्योगिक शहर मुम्बई र पुणे जस्ता शहर रहेको महाराष्ट्रको राजनीतिमा चार पक्षीय चलखेल भइरहेको छ । सत्ताको रस्साकस्सीमा भारतीय जनता पार्टी, कँग्रेस आई, शिव सेना, नेष्नलिष्ट कँग्रेस पार्टी र स्वतन्त्र सांसदहरु छन् ।

नाटकीय राजनीतिक घटनाक्रममा नेष्नलिष्ट कँग्रेस पार्टीका अजित पावरले भारतीय जनता पार्टीलाई समर्थन गरेपछि देवेन्द्र फडनाभिसलाई समर्थन गरेपछि गर्भनर भगत सिंह कोशियारीले शनिबार सपथ खुवाएका थिए । सपथ खुवाएको चार दिन नबित्दै राजनीतिक घटनक्रम बदलिएको छ ।

अजित पावरलले उपमुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । बुधबार बहुमत पुर्याउनुपर्ने भएपछि नपुग्ने अवस्था बनेको छ । मुख्यमन्त्री फडनाभिसले पनि राजीनामा दिएका छन् ।

अब महाराष्ट्रमा फेरि चुनाव हुने या अर्को कुनै दल विशेषले सरकार बनाउने टुंगो छैन । कसैको पनि बहुमत छेन ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्