Logo

चरादेखि जहाजसम्म निल्ने बर्मुडा ट्राएन्गल



बर्मुडा ट्राएन्गल उत्तरी अमेरिकाको उत्तरी एट्लान्टिक महासागरको एक भाग हो । त्यस भागमा उच्च गुरुत्वाकर्षण रहेको पत्ता लागेको छ । विगत केही वर्षमा त्यस क्षेत्रमा गुरुतवाकर्षण बढी भएको कारण त्यहाँ आउने विमान र जहाजलाई आफुतिर आर्कषित गर्नेगर्छ । यस्तो प्रकारको घटनाले विश्वनै चकित परेको छ ।  त्यस क्षेत्रमा आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ । यस्ता प्रकारको घटना त्यस क्षेत्रमा १९ औँ शताब्दी देखि हुँदै आएको जनाइएको छ ।

त्यस क्षेत्रको वरपर देखिनै विमान वा जहाजले दिने संकेत अचानक बन्द हुने गर्छ । हराएको विमान वा जहाजलाई खोज्न जाने विमानहरु समेत त्यहाँ पुगेर हराउने गर्छन् । अहिलेसम्म त्यस क्षेत्रमा ५० वटा जहाज र करिब २० वटा विमान हराइ सकेको छ । त्यस क्षेत्रमा हराएको विमान र जहाज अहिलेसम्म फेला परेको छैन् । त्यस क्षेत्रमा हुने घटना अलौकिक रहेको विज्ञहरु बताउँछन् ।

केही विज्ञको अनुसार खतरनाक छालाहरुको कारण भएको अनुमान लगाएका छन् । खतरनाक छालाले करिब सय फिट माथी सम्म आफ्नो प्रभाव पार्ने अनुमान विज्ञहरुले लगाएका छन् । विज्ञका अनुसार विभिन्न ठाउँबाट  त्यस क्षेत्रमा आएर समग्र रुपमा छाल निम्त्याँउने गर्छन् । तर अहिलेसम्म त्यस क्षेत्रमा किन घटना हुन्छ भन्ने विषय रहस्यमय छ । Photo Source : Oceanservice



प्रतिक्रिया दिनुहोस्