Logo

विनय कसजूः पत्रकारिताका गुरु साहित्यमा अब्बल



काठमाडौं, १० मंसिर । बरिष्ठ पत्रकार विनय कुमार कसजू हामीबीच रहेनन् । उपचारको क्रममा मंगलबार उनको मेडिसिटी अस्पतालमा निधन भएको छ ।

उनको निधनबाट देशले एक महत्वपूर्ण व्यक्तित्वलाई गुमाएको छ । वास्तवमै नेपालको पत्रकारीताको विकासमा उनले धेरै महत्वपूर्ण योगदान दिएका छन् । पाल्पामा जन्मिएका उनले सत्य समाचार नामक पत्रिका चलाए । पञ्चायतको खरो आलोचना गरेर सो पत्रिकामा समाचार लेखेवापत उनी पटक–पटक जेल परे ।

त्यस्तै उनले ‘गाउँले देउराली’ नामक पत्रिका प्रकाशन गरे । जसमा नेताका भाषण होइन ग्रामिण क्षेत्रका जनताको आवाज मात्र हुन्थ्यो । गाउँले देउराली पत्रिकामार्फत ग्रामिण पत्रकारीतामा उनले नमूना काम गरेका थिए । उनी त्यो पत्रिाकाका सम्पादक थिए । पत्रकारीताबाट पैसा कमाउने होइन जनताको सेवा गर्ने हो भन्ने अवधारणा उनले व्यवहारमै लागू गरे । जून पत्रकारीताका बिद्यार्थीहरुको लागि समेत अध्ययनको विषय बनेको छ ।

नेपाली साहित्यमा पनि उनको योगदान छ । उनी बालसाहित्यकार तथा लघु कथाकार हुन् । साथै मानव अधिकारा क्षेत्रमा समेत उनले काम गरेका छन् ।

नेपाल सूचना आयोगका उनी संस्थापक अध्यक्ष हुन् । राष्ट्रिय समाचार समितिको सञ्चालक समितिमा बसेर समेत उनले काम गरे । उनी धेरै पत्रकारका गुरु समेत हुन् ।



प्रतिक्रिया दिनुहोस्