Logo

अल्वानिया भूकम्पः मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो



तिराना, १० मङ्सिर । अल्बानियामा मङ्गलबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १३ पुगेको छ ।

रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भूकम्पका कारण मृत्यु हुने नागरिकको सङ्ख्या १३ पुगेको छ ।” तर विज्ञप्तिमा यसबारे थप व्याख्या केही गरिएको छैन ।

बाल्कन राज्यमा विगत केही दशक यता गएको ६।४ म्याग्निच्युडको भूकम्पलाई निकै शक्तिशाली धक्का भनिएको छ । पछिल्ला केही दशकमा बाल्कन राज्यहरूमा भूकम्पका कारण यति ठूलो क्षति नभएको स्थानीयवासीले बताएका छन् ।

भूकम्पका कारण सयौँ करिब ५०० व्यक्ति घाइते भएका र ठूलो सङ्ख्यामा घरहरू भत्किएका वा चर्किएका बताइएको छ । घटनाबाट भएको क्षतिको विस्तृत विवरण अझै आउन सकेको छैन ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्