Logo

मेरो प्रतिस्पर्धा सरकारका गलत रवैयासँग हो



काठमाडौँ, ११ मंसिर । कास्कीको निर्वाचन क्षेत्र नं २ मा सबैको आँखा गडेको छ यतिबेला। पूर्वमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको उक्त निर्वाचन क्षेत्रमा यही मंसिर १४ गते उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनमा नेकपा, नेपाली कांग्रेस, साझा पार्टी, राप्रपा नेपाल, नेपाल समाजवादी पार्टी र विवेकशीललगायत ११ दल र स्वतन्त्र १० गरी २१ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता छन्। यो क्षेत्रमा पोखरा महानगरपालिकाका ११ वटा वडा छन्। प्रतिस्पर्धा नेकपा र कांग्रेसबीच हुनेछ। दुईतिहाइको बलशाली सरकारलाई अस्तित्व जोगाउन निर्वाचन जित्नैपर्ने वाध्यता छ भने प्रतिपक्षी नेपाली कांग्रेसलाई सरकारप्रति बढ्दै गएको असन्तोषको फाइदा उठाउन र पार्टी एकढिक्का रहेको सन्देश प्रवाह गर्न पनि निर्वाचन जित्नैपर्ने छ।

दुवैका लागि प्रतिष्ठाको लडाईं बनेको कास्कीमा कसले बाजी मार्ला त रु प्रमुख ठूला दलमध्ये नेकपाकी उम्मेदवार विद्या भट्टराई र नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल दुवैजना विजयी हुनेमा विश्वस्त देखिन्छन्।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्