Logo

प्रधानमन्त्रीको स्वास्थ्यमा व्यापक सुधार, कुराकानी गर्न थाले



काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि अस्पतालमै चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्री ओलीले आजबाट कुराकानी गर्न थालेका छन् । बुधबार विहान अस्पतालले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

उनको स्वास्थ्यमा सुधार आएसँगै मुटुको चाल पनि सामान्य बन्दै गएको छ । उनको होस आएपनि अझै केही दिन सघन उपचार कक्षमै राखेर उपचार गरिने चिकित्सकहरुले जनाएका छन् ।

सोमबार राति पेट दुखेकाले उनलाई हिजो बिहान ९ बजे शिक्षण अस्पताल लगिएको थियो । परीक्षणका क्रममा एपेन्डिसाइटिस भएको थाहा भएपछि प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्