Logo

झर्ना जस्तै बगेको बादल(भिडियोसहित)



बादल पहाडबाट बग्दा कस्तो होला रु मणिपुरको आइजोलमा बादल पाहाडबाट बगिरहेका रोमाञ्चक दृश्य देखिएको छ । त्यस दृश्यले मणिपुरबासी तरंगीत भएका छन् ।

पहाडको मथिल्लो भागबाट बादल झर्ना जस्तो बगिरहेको देखा परेको छ । दृश्य सामाजिक सञ्जालमा राखिएको छ । यस दृश्यले विश्व नै मंन्त्रमुग्ध भएको छ । त्यस मनमोहक दृश्यलाई अजीज बार्बुइहैले आफ्नो सामाजीक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका थिए ।

बगिरहेको बादलले सामाजीक सञ्जालमा चर्चा बटुलेको छ । झर्ना जस्तै बादल माथिबाट तल झरी रहेको देख्दा मनै खुसी हुनेगर्छ ।

बादललाई वाटरफल क्लाउड भनिन्छ । यी बादलहरु प्रायः जसो हिमाली क्षेत्रहरुमा आसिलो हावाहरुको प्रवाहले हुने गर्छ । ओसीलो हावाले बादल बनेर झरना जस्तो बग्ने गर्छ । यस्तै प्रकारको दृश्य २०१७ मा चीनको माउन्ट लू मा देखिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्