Logo

महिलालाई चश्मा बन्देज लगाउने कम्पनि



प्रायःमानिस आखामा कुनै समस्याका कारण वा घामबाट बच्नका लागी चश्मा लगाउँछन् । आजकल कम्प्युटर वा मोवाइलमा लगातार कामगर्दा आँखामा असर पर्न सक्ने हुनाले मानिसहरु चश्मा लगाउँछन् । चश्मा फेशनको रुपमा पनि प्रयोग हुन्छ । सँसारभर चश्मा लगाउनु सामान्य भइसकेको छ । तर, जापानमा एक कम्पनिले महिलालाई चश्मा प्रयोगमा बन्देज लगाएको छ ।

उक्त कम्पनिले महिला कर्मचारीलाई चश्मा नलगाउन अचम्मको कारण बताएका छन् । उक्त कम्पनिको महिला कर्मचारीले चश्मा लगाउँदा ग्राहकको हेर्ने नजरमा नकरात्मक असर पर्ने र व्यापार प्रभावित हुने भन्दै रोक लगाइएको जनाइएको छ । तर पुरुष कर्मचारीलाई भने चश्मा प्रतिबन्ध लगाइएको छैन।

चश्मामा रोक लगाउने नीति कम्पनि कै होवाहोइन भन्ने अझै पनि स्पष्ट छैन । जापानमा डिपार्टमेन्ट स्टोरको रिसेप्सनमा हस्पिटालिटि स्टाफ र ब्युटी क्लीनिकमा काम गर्ने महिलाहरुमा चश्मा लगाउनमा रोक लागेको हो ।

उक्त कम्पनीले चश्मा प्रतिबन्धबारे गजबको तर्क दिएको छ । ग्राहक सेवामा जोडिएका कर्मचारीको स्त्री गुण देखाउन जरुरी हुन्छ–तर्कमा भनिएको छ ।  जापानमा महिलाहरुले कंम्पनिको पोशाकको साथ हिल भएको जुत्ता अनिवार्य लगाउनु पर्छ । साथ माउनीहरुले गर्ने श्रृंगारपनि महत्वपुर्ण हुन्छ ।

उक्त कम्पनिका महिला कर्मचारीहरुले कम्पनिको यस्तो जबरजस्त प्रतिबन्धको बारेमा सोसल मिडियामा विरोध गरिरहेको छन्। Photo Source : Business Insider



प्रतिक्रिया दिनुहोस्