Logo

गुगलद्धारा चार कर्मचारी निष्कासित



विश्व प्रख्यात कम्पनी गुगलले आफ्नो चार कर्मचारीलाई सेवाबाट निष्काशित गरेको छ । गुगलका चार कर्मचारीले गुगलको डाटा सुरक्षा नीतिको उलंघन गरेको भन्दै गुगले निष्काशित गरेको हो । ती चार कर्मचारीले अरु कर्मचारीलाई सुरक्षा डाटाको पहुँचमा संलग्न गराएको थियो ।

बाहिरी स्रोतहरुसंग आफ्नो कम्पनीको डाटा सेयर गरेको आरोपमा गुगलले निष्काशित गरेको हो । चार कर्मचारी निरन्तर रुपमा यौन उत्पीडन, मौसम परिवर्तन, सैन्य अनुबन्धहरुको डाटामा संलग्न रहेको आरोपमा निष्काशित गरेको हो ।

यसै क्रममा गुगलको कर्मचारीहरुले दुई कर्मचारीलाई पुनः राख्ने विषयलाई लिएर गुगलको मुख्यालय अगाडि प्रदर्शन गरेका छन् । गुगल र कर्मचारीबीचको विवाद बढिरहेको छ । Photo Source : Tech crunch



प्रतिक्रिया दिनुहोस्