Logo

अन्तरीक्ष युद्ध गर्न सक्छ अमेरिका



संयूक्त राज्य अमेरिकाको अन्तरीक्ष सैनिक छ । उसले अन्तरीक्षमा युद्ध गर्ने क्षमता राख्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छैठौँ सैन्य शाखाको रुपमा स्पेस फोर्सको स्थापना गर्दैछन् ।

उनी अमेरिकालाई अझ शक्तिशाली बनाउन लागिपरेका छन् । ट्रम्पले आफ्नो मुख्यालय पेन्टागनलाई स्पेस फोर्स निर्माण गर्न आदेश दिसकेका छन् ।

स्पेस फोर्सले अन्तरीक्षको डोमेन मिशनहरु र अपरेशनहरुलाई निरीक्षण गर्ने जनाइएको छ । नेशनल स्पेस परिषदको बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले स्पेश फोर्स स्थापना गर्ने घोषणा गरेका थिए ।

अन्तरीक्षमा प्रभुत्व कायम गर्न स्पेस फोर्सको स्थापना गरेको जनाइएको छ । एयर फोर्स र स्पेस फोर्सको दुबै फरक तर त्यतिकै महत्वपूर्ण रहेको जनाइएको छ । यो लक्ष्य एकदम महत्वपूर्ण रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएको छ । २०१८ को मार्च महिनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेश फोर्स निर्माणको नीति सार्वजनिक गरेका थिए ।

स्पेस फोसलाई नयाँ शाखाको रुपमा स्थापित गर्न धेरै विवादहरु आएको थियो । तर, अमेरिकाले स्पेसमा अत्याधिक मात्रामा काम गर्ने भएकाले स्पेस फोर्सको स्थापना गर्ने जनाइएको छ । स्पेस फोर्सको निर्माण कार्य २०२० को अन्तय सम्म हुने योजना रहेको जनाइएको छ । स्पेस फोर्सको निर्माण कार्यलाई तिब्रता दिने आदेश पेन्टागनले सार्वजनिक गरिसकेको छ । Photo Source : Pennsylvania Capital Star



प्रतिक्रिया दिनुहोस्