Logo

सन्धीखर्क बस दुर्घटनामा १९ को मृत्यु



सन्धिखर्क, ११ मंसिर । अर्घाखाँचीमा भएको बस दुर्घटनामा तीन बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । बुधबार सन्धीखर्क नगरपालिका ६ नरपानीमा लु २ ख २१४८ नम्बरको बस सडकबाट खस्दा दुर्घटना भएको थियो ।

बस सन्धीखर्कबाट बुटलव आउँदै गर्दा तीन सय मिटर तल खसेको थियो । दिउँसो भएको घटनापछि उद्धारमा निकै कठिनाई भएको थियो । बस खसेको ठाउँ भीरालो भएकाले उद्धारमा कठिनाई भएको थियो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । बसमा ३० भन्दा बढी यात्रु थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्