Logo

काठमाडौं उपत्यकाका १५ मुख्य सडक ठेकेदारका कारण अलपत्र



काठमाण्डौ । सरकारले आर्थिक २०७२/७३ मा काठमाडौं उपत्यकाका १५ सडकलाई मुख्य मार्गका रुपमा परिभाषित गर्दै २२ मिटर चौडा बनाउने निर्णय गर्यो । सोहि निर्णय बमोजिम अधिकांश सडकको साइट क्लियर नै नगरी सडक विभागले धमाधम ठेक्का लगायो । मुआब्जाको विवाद र पुरातात्विक सम्पदा पर्ने भएपछि कतिपय ठाउँमा स्थानीयल बाटो विस्तार गर्न अवरोध गरे । जसलाई बाहाना बनाउँदै ठेकेदारहरुले वर्षौदेखी १५ वटै सडकको कामलाई अलपत्र बनाएका छन् ।

बल्खु दक्षिणकाली सडकखण्ड

यो हो, बल्खु दक्षिणकाली सडकखण्ड । यो सडक बनाउने ठेक्का २०७४ असोज २० गते काम सक्ने गरि भीमसेन भण्डारीले २०७२ जेठ २० गते पाएका थिए । तर, ठेक्का अवधि सकिएको २ वर्ष बित्दा समेत यो सडक यतिकै अलपत्र छ । अलपत्र सडकको धुलोका कारण यहाँका स्थानीय विरामी पर्न थालेका छन् भने धुलोले घरमा बसि नसक्नुको अवस्था बनेको छ ।

ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले सडक खण्ड

यो अर्को ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले सडक खण्ड । ८ किमि लामो यो सडकको साढे ३ किमी बाटो निर्माण गर्ने जिम्मा निर्माण व्यवसायी शारदा अधिकारीले पाएका थिए । उनले २०७७ जेठ २२ गते काम सक्ने गरि २०७३ जेठ २६ गते ठेक्का पाएका थिए । ठेक्का अवधि सकिनै लाग्दा समेत सडक बनाउने सुरसार नै छैन ।

नख्खु भैसेपाटी–बुङमति सडक खण्डको अवस्था पनि गतिलो छैन् । यहाँ पनि ठेकेदारले काम नगर्दा स्थानीय धुलो र हिलने सहन बाध्य छन् । यो सडकको पहिलो खण्ड अर्थात साढे ३ किमि बालकृष्ण थापाले पाएका थिए भने दोस्रो खण्ड डेड किमि सडक बनाउने जिम्मा रामशरण बुढाथोकी र हरिनारायण रौनियारले पाएका थिए ।

अलपत्र बनाइएका काठमाडौंका सडकहरु :

चाबहिल–जोरपाटी–साँखु सडक खण्ड
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक खण्ड
कमलविनायक–नगरकोट सडक खण्ड
चोभार–दक्षिणकाली सडक खण्ड
ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले सडक खण्ड
इमाडोल–सिद्धिपुर–गोदावरी सडक खण्ड
कर्मनाशा–हरिसिद्धि–गोदावरी सडक खण्ड
लगनखेल–सातदोबाटो सडक खण्ड
नख्खु–भैँसेपाटी–बुङमती सडक खण्ड
चक्रपथ–ज्ञानज्योति–गणेश सडक खण्ड
पेप्सीकोला–सल्लाघारी–बहाखा बजार सडक खण्ड
धोबीखोला–अरनिको राजमार्ग
बागमती पुल–अरनिको राजमार्ग

माथि उल्लेखित १५ सडक अधिकांश सडकको अवस्था अत्यन्त दयनीय छन् । ठेक्का लिएका सडकहरुको अवस्था यस्तो बेहाल बनाएपछि स्थानीयले पछिल्लो समयर ठेकेदारविरुद्ध रचानात्मक विरोध गर्न थालेका छन् । कमलविनायक–नगरकोट सडक निर्माणको ठेक्का लिएका शारदा अधिकारी र खाडीचौर–मुडे–चरिकोट सडक निर्माणको जिम्मा लिएका दीपक सापकोटाले काम नगरेको भन्दै स्थानीयले उनीहरूको फोटो गाडीदेखि बिजुलीका पोलपोलमा टाँसेर विरोध जनाएका थिए । यो विरोधपछि ठेकेदारले सार्वजनिक बेइज्जत भएको महशुस गर्दै कामका लागि तातो देखाउन थालेका छन् । अन्यन्त्र पनि यो शैलीको सिको नहोला भन्न सकिन्न ।



प्रतिक्रिया दिनुहोस्