Logo

परराष्ट्रमन्त्री रुस पुग्दा राजदूतले किन भेटे प्रधानसेनापति



काठमाडौं, ११ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार रुसी समकक्षी सेरगेइ लेभरोभलाई भेटे । त्यही दिन नेपालका लागि रुसी राजदूत एलेक्सि नोभिकोभ सैनिक मुख्यालय पुगेर प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेटे ।

दुवै भेट संयोग मात्र थिएन । दुई देशबीच सैन्य सामाग्री खरिदबारे छलफल भइरहँदा यी भेटहरु भएका हुन् ।

नेपालले रुससँग हेलिकोप्टर र यसका पाटपूर्जा मुख्य रुपमा खरिद गर्दै आएको छ । यसबाहेक रुसले लगानीको चासो समेत बढाएको छ ।
पछिल्लो समय नेपालको यूरानियममा रुसको चासोबारे चर्चा चलेको छ । युरानियम आणविक हतियार बनाउन प्रयोग हुन्छ ।

परराष्ट्रमन्त्रीले रुसमा त्यहाँका विदेशमन्त्री लेभरोभसँग भेट गरेकै दिन रुसी राजदूत नोभिकोभ सैनिक मुख्यालय पुग्नुले भने धेरैको ध्यान खिचेको छ । Photo Source: Nepal Army



प्रतिक्रिया दिनुहोस्