Logo

प्रहरी मुख्यालयका यी डिएसपीको जागिर धरापमा



काठमाडौं, ११ मंसिर । आफुलाई प्रहरी महानिरीक्षकका खास मान्छे बताउने दुई प्रहरी अधिकृतविरुद्ध गत आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्याे । डिएसपी नवराज थापा र इन्सपेक्टर मुरारी मिश्रविरुद्ध लाइसेन्सको राजश्व हिनामिनाको अभियोग चल्यो । दुवै जना सधैं प्रहरी नेतृत्वलाई रिझाएर कमाई हुने ठाउँमा बस्दै आएका प्रहरी हुन् । डिएसपी थापा प्रबन्ध शाखामा थिए भने मिश्र ट्राफिक महाशाखामा थिए ।

त्यस्तै आफुलाई प्रहरी महानिरीक्षकका खास मान्छे बताउने अर्का डिएसपीको पनि जागिर धरापमा परेको खबर छ । प्रहरी प्रधान कार्यालयको लेखा शाखाका डिएसपी नविन किशोर प्रधानको जागिर धरापमा परेको हो । प्रहरी कर्मचारीको भ्रमण भत्ता शीर्षकमा मासिक ५ लाख रुपैयाँसम्म हिनामिना गरेको उजुरी अख्तियारमा परेको छ ।

यस्तो भत्ता अनिवार्य रुपमा सम्बन्धित प्रहरीको बैंक खातामा हाल्नुपर्ने हुन्छ । तर, नक्कली हस्ताक्षर गरी रकम निकालिएको स्रोत बताउँछ ।
छानबिन सुरु भएपछि डिएसपी प्रधानले पैसा जति हाकिमहरुले खाएको र आफुलाई कारबाही गर्न लागिएको गुनासो गर्न थालेको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्