Logo

कालु कुमालेको क्रोधकला सार्वजनिक



काठमाडौँ, १२ मंसिर । मूर्तिकार तथा क्रोध कलाशिरोमणि कालु कुमालेका बारेमा लेखिएको पुस्तक ुक्रोध कलाशिरोमणि कालु कुमालेु लोकापर्ण गरिएको छ । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकको बुधबार वाङमय शताब्दी पुरुषतथा संस्कृतिविद् डा।सत्यमोहन जोशी र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा लोकापर्ण गरे ।

मूर्तिकार कालु कुमालेको ८६ औं जन्मोत्सवको अवसरमा पुस्तक सार्वजनिक गर्नुका साथै वृत्तचित्र तथा कलाकृति प्रदर्शनी समेत आयोजना गरिएको थियो । पुस्तक लोकापर्ण गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले कालु कुमालेको मूर्तिमा दर्शन लुकेको बताउँदै उनका मूर्ति अलग धारको भएको बताए । कुमालेका मूर्तिमा आफ्नोपन भएको बताउँदै कुमाले राष्ट्रको गौरब भएको स्पष्ट पारे । उनले भौतिकपूर्वाधार निर्माणले मात्रै मुलुक समृद्ध नहुने बताउँदै समृद्धिका लागि कलाको संरक्षण र कलाकारको सम्मान गर्नुपर्ने धारणा राखे ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कालु कुमाले राष्ट्रको गौरव भएको बताउँदै उनको कलाले ललितपुरलाई विश्वमा चिनाउन सफल भएको बताए । नेपाली परम्परागत मूर्तिकलाको क्षेत्रमा विगत साढे ६ दशकदेखि निरन्तर साधनमा तल्लिन रहेका कुमालेको योगदान विशिष्ट भएको नगर प्रमुख महर्जनले बताए ।

कलाकारको सम्मानलाई महानगरले महत्वदिएको बताउँदै देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने हस्तीको सम्मान गरिने कार्यक्रमलाई महानगरले निरन्तरता दिने स्पष्ट पारे । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कमाचार्यले कुमालेले बनाएका मूर्तिहरु देशभित्र मात्रै नभएर विदेशमा समेत पुगेको बताए । यो नेपालको गौरवको विषय भएको उनले स्पष्ट पारे । जनस्तरबाट प्राप्त क्रोध कलाशिरोमणि उपाधिलाई नेपाल सरकारबाट नै मान्यता प्रदान गराउन प्रतिष्ठानले पहल गर्ने बताए । कुमाले जस्ता मूधन्र्य कलाकारको जीवनी प्रकाशन गर्ने लक्ष्य प्रतिष्ठानले लिएको उनले जानकारी दिए ।

प्रतिष्ठानका हस्तकला विभाग प्रमुख धर्मराज शाक्यले कला र संस्कृतिले भरिएको नगर ललितपुरले लाखौं कलाकार जन्माएको बताए । ती कलाकारले देश भित्रमात्रै नभएर विदेशमा समेत ख्याति कमाएको उनको भनाइ थियो । उक्त पुस्तकको सम्पादन मण्डलमा धर्म राजशाक्य, भरत ढकाल, देवेन्द्र थुम्केली, डिल्लीराम भट्टराई, राकेश अवाले, डा प्रमोद जायसवाल छन् । कुमालेका मूर्तिमा क्रोध भाव व्यक्त भएका छन् । हिन्दु तथा बौद्ध धर्मका देवीदेवताका मूर्तिहरु विभिन्न रुप र स्वभावमा बनाइन्छन् ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्